दुई तिहाईको सरकारले केही गर्न सकेन भन्दै उपमेयरद्धारा पदबाट राजिनामा

काठमाडौ । दुई तिहाईको सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै एक जनप्रतिनिधिले पदबाट राजीनामा दिएकी छिन् । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गरेको उनले जानकारी दिएकी थिइन् । उनले लेखेकी छिन, ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ, दुईतिहाइ सरकार !’ उनले विषयवस्तु भने खुलाएकी छैनन् ।

चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन् । स्रोतका अनुसार नगरपालिकामा कर्मचारीको विषयमा विवाद भएको छ । यस्तै बेलका नगरपालिका फेसबुक अकाउन्टबाट पनि उपमेयर चौँधरीले राजीनामा दिने घोषणा गरेको जानकारी दिइएको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस