बाँकेमा ज्यान मार्ने उद्योगका दुई फरार अभियुक्त पक्राउ परेका छन

नेपालगञ्ज ०९ साउन । ज्यान मार्ने उद्योगका दुई फरार अभियुक्त बाँकेको गोदहानाबाट पक्राउ परेका छन् । गत जेठ ९ गते बाँकेको खजुरा ७ गोदहानाका सोनु जसगढ भन्ने सद्दाम शेषलाई मरणासन्न हुने गरि कुटपिट गरेर फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । कुटपिट गरि फरार रहेका दुवैजनालाई बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर फरार अभियुक्तको सुचिमा राखेर खोजी कार्य गरेको थियो ।

फरार रहेका मध्ये खजुरा–७ गोदहानाका २९ वर्षीय कलिम भाट र १९ वर्षीय समिर भाटलाई बिहीबार राति नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । जेठ ९ गते गोदहाना स्थित पीबीसी ईट्टा उद्योग परिसरमा जसगढलाई कुटपिट गरि फरार भएका थिए । प्रहरीले दुबै जनालाई बिहीबार गोदहानाबाट नियन्त्रणमा लिएर म्याद थप गरी अनुसंन्धान सुरु गरेको थियो ।

घटनामा संलग्न स्थानीय नजिर भाट र ईरफान भाट भने अझै परार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जना सहित ४ जनाको बिरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो । पक्राउ परेको दुबै जनालाई प्रहरीले बाँके जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस