सजिलै साङ्लो धपाउने घरेलु ३ तरिका

जेन्सी । साङ्लोले नसताएको घर कमै भेटिएला। अँध्यारो कुनाकाप्चामा लुकेका साङ्ला फुत्तफुत्त निस्केर हैरानै गर्छन् होला।

गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ। अनि कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने बाध्यता आइलाग्छ।

बजारमा पाइने स्प्रेले साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पनि पु-याउँछ । यहाँ हामी केही घरेलु उपाय बताउछौं-जसको प्रयोग गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन।

तेजपात-खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन। त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखि दिनुस्। यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस्।

बेकिङ पाउडर र चिनी- एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ।

ल्वाङ- ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्ली राख्नुस् ।

यसबाहेक मट्टीतेल, नीम, पुदिना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस