एकतर्फी प्रेमको परिणाम : ‘बहिनी’भन्दै मोटरसाइकलमा कोठासम्म लगिदिए, कामदार प्रयोग गरेर एसिड छ्यापे

काठमाडौं । रौतहटका मोहम्मद आलम र ओखलढुंगाकी २२ वर्षीया युवतीबीच बिहीबार साँझ डल्लुमा भेट भयो । पूर्वपरिचित आलमले युवतीलाई मोटरसाइकलमा बाफल चोकमा लगेर छाडिदिए र उनी कोठातिर लागिन् ।
फेरि कोठाबाट निस्केर चोकमा दही चिउरा किनेर फर्किँदै गर्दा मकैबारीमा लुकेर बसेका अपरिचितले उनलाई एसिड फ्याँके । मुख, घाँटी र कपालमा एसिडले पोल्न थाल्यो, उनी चिच्याइन् ।

एसिड आक्रमणमा संलग्न भारतीय नागरिक मुन्ना मोहम्मद र मोहम्मद आलमलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको केही घण्टामा पक्राउ गरेको छ । सीसीटीभी फुटेको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस