आफ्नै निधारमा आँफैले भरुवा बन्दुक पड्काएर आ’त्महत्या !

उदयपुर, १० साउन । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका विध्याराज राईले घरमा भरेर राखेको भरुवा बन्दुकले आफ्नै निधारमा हानेर आत्महत्या गरेका छन् ।

घरमा पहिल्यै भरेर राखेको बन्दुकले साँझ ७ बजेको समयमा आँफैले आँफैलाई निधारमा हानेर आ’त्महत्या गरेका छन्। घटनापछि लिम्चुङबुङबाट तत्काल प्रहरी टोली घटना स्थलतर्फ लागेको र थप अनुसन्धानका लागि जिल्ला बाटपनि प्रहरी टोली घटना स्थलतर्फ जाने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यलय उदयपुर प्रमुख (एसपी) भीम दाहालले जानकारी दिनुभयो ।

१ बर्ष अघि मात्रै श्रीमतीले पनि बिष सेवन गरी ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस