तपाइको ‘डिभी परेको छ, म बिहे गरेर अमेरिका लैजान्छु’ भन्दै ठगी गर्ने २ महिला पक्राउ परेका छन

काठमाडौँ । ‘मलाई डिभी परेको छ, बिहे गरेर अमेरिका लैजान्छु’ भन्दै ठगी गर्ने दुई महिला महानगरीय प्रहरी अपराध महाशाखाको फन्दामा परेका छन् ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा कोपिला शर्मा र अनिसा केसी रहेका छन् । ठगी कार्यमा संलग्न उनीहरुलाई महाशाखाको टोलीले बुटवलबाट पक्राउ गरेको हो ।

‘अमेरिकाको डिभी परेको छ, लकडाउनले गर्दा अहिले जान मिलेन । लकडाउन खुल्नासाथ बिहे गरेर लैजान्छु’ भन्दै उनीहरुले पुरुषहरुलाई आश्वासन देखाएर ठगी गर्दै आएका थिए ।

उनीहरुविरुद्ध हालसम्म ६ लाख ५० हजार बराबरको ठगी गरेको जाहेरी आएको महाशाखाका एसएसपी थापाले बताए । उनले भने, ‘अझै पीडितहरु बढ्न सक्नेछन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस