आज पनि भाउ बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य प्रति तोलामा ५०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ जुन हालसम्म कै उच्च मूल्य हो । शुक्रबार छापावाल सुन प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार ८६० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेर प्रति तोला १ हजार १ सय ५५ रुपैया पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस