भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते भएका छन्।

सीमानाका बन्द रहेको अवस्थामा दुई भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ।

भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको छ ।

शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्रअन्तर्गत कोरैया गाउँका दुई महिला परोहा नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेका थिए। उनीहरुलाई रोक्न खोज्दा उल्टै सशस्त्र प्रहरी हबल्दारमाथि घरेलु हतियार हँसिया प्रहार गरेका थिए।

हँसिया प्रहारबाट वरिष्ठ हवल्दार थापा घाइते भएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ नं बर्दिवासका प्रमुख डीआइजी कृष्णभक्त ब्रह्माचार्यले बताए।

नरकटिया नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट खटिएको सशस्त्र प्रहरीका १५ जनाको टोलीले ती महिलालाई प्रवेश गर्न दिएका थिएनन्।

झडपको क्रममा भारतीय नागरिक ४५ वर्षीय रवीन्द्र कुशवाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राति ८ बजे प्रहरी चौकी नरकटियामा बुझाएको हो।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस