काठमाडौंको अति ब्यस्त असन र कालिमाटिका ब्यापारीमा कोरोना पुष्टि

काठमाडौं । शुक्रवार कोरोना पुष्टि भएका काठमाडौंका १६ जना मध्य दुई जना काठमाडौंकै अति ब्यस्त र भिडभाड हुने क्षेत्र असनमा पसल गर्दै आएका महिला र पुरुष भएको खुलेको छ । उनीहरु असनका ब्यापारी हुन् । भारतवाट केही दिन अघि मात्र फर्किएका उनीहरुमा कोरोना पुष्टि भएको हो । भारतवाट आएपछि पनि सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई परिवारमा घुमिल भएर बसेका उनीहरुका परिवारका सदस्यलाई समेत कोरोनाको लक्षण देखिन थालेपछि परिक्षण गराइएको थियो ।

भारतवाट फर्किएकी महिलाका परिवारका सदस्यमा रुघा खोकी ज्वरो लगायतका लक्षण देखिएपछि पिसिआर परिक्षण गराउँदा उनीहरुको रिपोर्ट पनि पोजेटिभ आएको थियो । महिलाको परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ देखिएको हो ।

यसमध्ये ती दिदीभाइसहित नौ जनालाई लक्षण देखिए पछि स्वास्थ्य जाँच गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमप्रसाद कोइरालाले घटनाको पुष्टि गरेका छन् । कोइरालाका अनुसार बिहीबार पनि १० जनामध्ये २ जनामा लक्षण देखिएको थियो । एक जना कालीमाटीमा तरकारी पसल गर्ने पुरुष हुन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस