‘प्रेमगीत–४’सहित दुई फिल्मको तयारीमा जुटे सन्तोष सेन, ‘प्रेमगीत–३’ रिलिजसँगै छायाङ्कन गरिने

काठमाडौं, ११ साउन । निर्माता, निर्देशक एवं कलाकार सन्तेष सेनले फिल्म ‘प्रेमगीत–४’को तयारी सुरु गर्नुभएको छ । कोरोना महामारीका कारण सर्वाधिक पर्खाईको फिल्म ‘प्रेमगीत–३’ दर्शकमाझ रिलिज गर्न नपाएका सेनले ‘प्रेमगीत–४’ निर्माणको तयारी सुरु गर्नुभएको हो ।

‘प्रेमगीत४’को लागि निर्माता/निर्देशन सेनले अभिनेता प्रदीप खड्का र अर्का निर्देशक छेतेन गुरुङसँग मिलेर कथाको तयारी गरिरहनुभएको छ । उहाँका अनुसार कथा सकिने बित्तिकै कलाकार र प्राविधिक छनोटमा गरिने भएको छ ।

उहाँले पर्खाईको फिल्म ‘प्रेमगीत ३’को रिलिज लगत्तै छायाँकनमा जाने योजना अनुसार ‘प्रेमगीत–४’को तयारीमा लागेको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘‘प्रेमगीत–४’ को तयारीमा बसेका छौं । प्रेमगीत–४ आइडियामा काम भइरहेको छ ।’

त्यसोत, निर्माता सेनले लकडाउनमा विभिन्न सामाजिक सेवासँगै अर्को नयाँ फिल्मको पनि तयारी गर्नुभएको थियो । उहाँका अनुसार कमेडी लभस्टोरी रहेको उक्त फिल्मको पनि अहिले छायाङ्कन तयारी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस