अमेरिकाको टेक्सासमा पनि २३ वर्षकी नेपाली युवतीको निधन

काठमाडौं । अमेरिकामा फेरी एक नेपालीको निधन भएको छ । अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर एक नेपाली युवतीको निधन भएको हो । उनी अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

टेक्सस राज्यको उत्तरी भागको डेन्टन काउन्टीस्थित उक्त तालमा आइतबार (जुलाई २६) मा २३ वर्षकी अश्मिता खनालको डुवेर निधन भएको हो । प्रहरीले उनको शव तालवाट वाहिर निकालेको छ । नेपालमा काठमाडौंकी स्थायी वासिन्दा उनी अमेरिका अध्ययनका लािग पुगेकी थिइन् । घटनाको वास्तविकता अझै खुल्न सकेको छैन । कसैले उनी पौडिनका लागि तालमा जाँदा निधन भएको बताएका छन् भने कसैले उनी डुंगावाट खसेको बताएका छन् ।

तालमा डुङ्गा ख्याइरहेका बेला लाइफ ज्याकेट नलगाएकी खनाल पौडिन भन्दै तालमा हामफालेको र उनको निधन भएको कुनै समाचारमा जनाइएको छ भने कुनै समाचारमा उनी डुङ्गाबाट खसेको बताइन्छ। नेपालीको अत्याधिक वसोवास रहेको टेक्सासमा पानीमा डुवेर वर्षेनी नेपालीले ज्यान गुमाउने गरेका छन् ।

नेपालीको बाक्लो बसोबास रहेका राज्यमा टेक्सस मुख्य पाँचमा पर्छ । म्यासच्युसेट्स राज्यमा जुलाई २०१९ मा अपूर्व देवकोटा, मेरिल्याण्ड राज्यमा मे, २०२० मा आशिष केसी, टेक्सस राज्यमा जुलाई, २०२० मा हिकारू गौतम तथा त्रीशरण खत्रीको पनि पानीमै ज्यान गएको छ ।

साइप्रसमा पनि २० वर्षकी नेपाली युवतीको मोटरसाइकल दुर्घनामा परी ज्यान गएको छ । अध्ययनका लागि गएकी एक २० वर्षीया युवतीको विदेशी भूमीमा दुर्घटना निधन भएको छ । अध्ययनका लागि साइप्रस पुगेकी नेपाली विद्यार्थीको निधन भएको हो ।

नेपाली विद्यार्थी रेनुका कोइराला (जोशना) को मोटरसाइकल दुर्घटनामा निधन भएको त्यहाँ रहेका नेपालीले जनाएका छन् । अध्ययनको सिलसिलामा उनी साइप्रसमा थिइन् । २० बर्षिया कोइरालाको निकोसियामा मोटरसाइकल दुर्घटनामा निधन भएको बताइएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस