घर बेचेर डाक्टर भएका जोगिन्दरको कोरोनाले लियो ज्यान

एजेन्सी , छोराको जन्म भएपछि चौधरी परिवारको एउटै सपना थियो, ठूलो भएपछि डाक्टर बनाउने। गाउँलेहरूले सुझाव दिए–यदि छोरालाई भविष्यमा डाक्टर बनाउनु छ भने अग्रेंजी भाषामा पढाई हुने स्कुलमा भर्ना गर्नु। परिवारले ऋण काढेर छोरालाई एमबीबीएस पढाउन चीन पठायो। तर,भविष्य कसलाई थाहा हुन्छ। चौधरी परिवार २७ वर्ष पुरानो आफ्नो सपना पुरा भएपछि छोराको बिहेका लागि केटी खोज्ने अभियानमा जुटेका थिए। तर, भारतमा बढ्दो कोरोना भाइरसको महामारीका कारण परिवारले आफ्नो डाक्टर छोरालाई नै गुमाउनु प¥यो।

अहिले परिवारमा दुःखको माहोल छ। डाक्टर जोगिन्दर चौधरीले २७ वर्षको उमेरमै ज्यान गुमाएका छन्। बुवा राजेन्द्र चौधरीको आँशु रोकिएको छैन। जोगिन्दरको दिल्लीस्थित डाक्टर बाबा साहेब अम्बेडकर अस्पतालमा एक वर्षअघि जागिर लागेको थियो। पहिले उनी ‘फ्लू क्लिनिक’ मा कार्यरत थिए। गत नोभेम्बरमा उनलाई ‘क्याजुल्टी डिपार्टमेन्ट’ मा सारिएको थियो। २३ जुनमा उनलाई ज्वरो आउन सुरु गरेको थियो। सँगै काम गर्ने दुई साथी कोरोनाको पोजिटिभ देखिएपछि उनको पनि तुरुन्त स्वास्थ्य परीक्षण भएको थियो ।२७ जुनमा उनलाई थाहा भयो, आफूलाई पनि कोरोना भएको छ भनेर।

यसपछि उनलाई अम्बेडकर अस्पतालबाट सारिएर लोक नायक जयप्रकाश अस्पतालमा भर्ना गरिएको थियो। यहाँ उनको अवस्था झन् दयनीय बन्दै गयो। लगत्तै उनलाई ७ जुलाईमा सर गंगाराम अस्पतालमा सारियो। यहाँ पनि उनको स्वास्थ्यमा खासै सुधार भएन ।पहिले ब्लड प्रेसर कम हुँदै गयो। यसपछि इम्फेसियाको समस्या देखियो। स्वाँस लिन गाह्रो भइरहेको अवस्थामा २७ जुलाईमा एक महिना लामो लडाईमा उनी पराजित भए। उनलाई कोरोना हुनुअघि परिवार बिहेका लागि केटी खोजिरहेका थिए। जोगिन्दर मध्य प्रदेशको निमच जिल्लाको सिङ्गोली क्षेत्रमा रहेको झान्तला गाउँको बासिन्दा हुन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस