काठमाडौं उपत्यकामा संक्रमितको संख्या तीब्ररुपमा बढ्दै, थप ४५ जनामा संक्रमणको पुष्टि

काठमाडौं, १५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा हिजो मंगलबार मात्र एकै दिन ४५ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल प्रहरीको पछिल्लो २४ घण्टामा २९ संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १९ जना र भक्तपुरका २ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १३ जनामा संक्रमण पाइएको छ ।

यस्तै शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा काठमाडौंका ४ जनामा संक्रमण पाइएको छ भने नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना संक्रमण पुष्टि भएको छ । उता स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा र भक्तपुरका २ जनामा संक्रमण देखिएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस