सर्खारको कडा नियम :साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक

गृहमन्त्रालयले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार (साउन १५) देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइनेछ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन निर्देशन दिइएको छ।
कञ्चनपुर १६ साउन । पटक-पटक कञ्चनपुरमा भारतीय एसएसबी हुल-हुज्जतसहित प्रवेश गरेर नेपाली जनतालाई ठाडाे रबाफ दिइरहेका छन् । तर नेपाल सरकार लाचार भएकै कारण सीमान्त जनताले मातृभूमि रक्षाका निमित्त ठाडै जवाफ दिन विवश छन् ।

बिहीबार पनि कञ्चनपुरको नेपाल-भारत ३८ नम्बर सिमाक्षेत्रमा तेस्रोपटक भारतीय एसएसबी हुल-हुज्जतसहित नेपाल प्रवेश गर्याे । बेलौरी नगरपालिका -८ स्थित ३८ नम्बर पिल्लरसहितको करिब १२ सय मिटर नेपाली भुभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै एसएसबीकाे हतियारधारी जत्था नेपाल प्रवेश गरिरहेको हाे ।

सडक निर्माण कार्यमा अवरोध सृजना गर्न बिहीबार साँझ भारतीय एसएसबीका डिपुटी कमाण्डरसहितको टोली सीमाभित्र प्रवेश गरेपछि सडक निर्माण कार्यमा भारतीय पक्षले बारम्बार अवरोध सिर्जना गरेकाे भन्दै सिमान्त जनता विरोधमा उत्रिएका थिए ।

सीमानाका जनताले भने, ‘पटक-पटककाे दादागिरी गाेरखालीले एकै पटक निकाल्ला । अब हतियारसहित हुल-हुज्जत नेपाल प्रवेश गर्दा साेचेर आउनु हाेला डिपुटी कमाण्डर साहेव !’ स्थानीयले गाेरखालीले अति सहन्छ, अत्याचार सहँदैन ‘किप इन याेर माइण्ड’ एसएसबी साहेव ! भन्दै अक्राेश पाेखे ।

यस्तै, विवाद स्थलमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका डिएसपी गंगा दत्त पन्त, नेकपाका नेता एवम् अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट, काँँग्रेस क्षेत्रीय सभापति गाेपी उपाध्याय सहित सयौं सिमानी जनता सिमामा पुगेका थिए । सिमानी जनताले खबरदारी गरेसँगै न्यूज२४ टेलिभिजन समेत त्यहाँ पुगेकाे थियो । मिडिया पुगेपछि भारतीय डिपुटी कमान्डर सहितको टोलि चुपचाप भागेका थिए ।

यसबारे अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक भट्ट भन्नुहुन्छ – ‘भारतले दुई देशबीच सम्झौता नभएको स्ट्रिप नक्सा ल्याएर एकतर्फी रुपमा दावी गरिरहेको छ ।’ नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले वि सं २०५८ देखि २०६३ सम्म कञ्चनपुर जिल्लाको स्ट्रिप नक्सा तयार गरेको थियो । उहाँका अनुसार नेपालमा आन्तरिक द्वन्दका कारण सीमा क्षेत्रमा सुरक्षा नभएको वहानामा नेपाली नापी टोलीले भारततिर भारतीय टोलीसँगै बसेर एकतर्फी रुपमा उनीहरुको दाबी अनुसार स्ट्रिप नक्सा तयार गर्यो । जुन नक्सा अनुसार नेपालको ठूलो भू-भाग भारततिर पर्ने भएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस