बाढीमा परेर बेपता भयका शाहको शव फेला पर्‍यो

टीकापुर, १६ साउन । कैलालीको भजनी नगरपालिका–८ काँडाका ४० वर्षीय ईश्वरबहादुर शाहको शव फेला परेको छ ।
काढा र पथरैया नदीको नजिक डल्फिन क्षेत्रको झाडीमा रुखमा अड्किएको अवस्थामा शव फेला परेको मृतकका दाजु राजबहादुर शाहले जानकारी दिनु भएको छ ।

शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ । आजै दाहासंस्कार हुने मृतकका परिवाजनले जानकारी दिएका छन । टीकापुरमा बस्दै आएका शाह भजनीमा परिवारका सदस्य बाढीमा फसेको खबर थाहा पाए पछि उद्धार गर्न हिडेका थिए ।

भजनी नगरपालिका ८ सुनाफाटमा बेपता भएका चक्र बिकको अवस्था अझै अज्ञात रहेको छ । हिजो मात्रै नेपाली सेनाको उद्दार टोलीले बेपत्ता भएका ९ वर्षका बालक स्केल चौधरीको शव फेला पारेको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस