नेपालसहित तीन देशलाई कोरोनाको भ्या’क्सिन दिन चीन सहमत

एजेन्सी , चीनले नेपालसहित तीन देशका नागरिकलाई चीन प्रवेशको अ’नुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वा’ङ बेनविनले नियमित पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानिस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने सहमति भएको जानकारी दिनुभएको हो ।सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले आ’योजना गर्नुभएको छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्री सहभागी थिए । सो छलफलमा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसवि’रुद्ध मिलेर ल’ड्ने सहमति भएको जानकारी पनि प्रवक्ता वाङले दिनुभयो ।

‘हामीले निश्चित मा’पदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ । त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ । मन्त्रीहरुबीच चार वटा विषयमा सँगै मिलेर काम गर्ने सहमति भएको छ ।कोरोना भाइरसवि’रुद्ध संयुक्त रूपमा लड्ने, आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने, फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।त्यस्तै उहाँले चार देशले बीआरआई सहयोग जारी राख्ने कुरामा पनि सहमति भएको जानकारी दिनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस