कोरोनामा विदेशी युवतीको ठमेल अ’खडाभित्र नेपाली भीआइपीका लागि पा’सो [ग्राउण्ड रिपोर्ट भिडियोसहित]

काठमाडौ । विश्वव्यापी माहामारीको संक्रमणबाट जोगिन र जोगाउँन भएको लकडाउनका कारण लामो समय रोकिएको केही बैकर्स र केही पत्रकारहरुको भेटघाट दरबारमार्गमा थियो । दरबारमार्गको बृक्ष रेष्ट्रो एण्ट क्याफेमा हामी लामो समयपछि गफिदै थियौँ । छेउमा खैरो मेहेन्दीले कपाल रंग्याएका स्वाट्–स्वाट् हुक्काको सर्को तान्दै गरेका तन्नेरीको कुराले हाम्रो खानाको स्वादमा अमिलो पस्यो । मिठा कुरा टर्रो हुन थाले । सङ्ला कुराकानी एकाएक धमिलो हुन थाले । उनको हुक्काको धुवा जसरी कलो बनेर मडारिदै थियो त्यसरी नै हामीबीचको परिस्थिती एकाएक कालो बनेर मडारिन थाल्यो । तन्नेरी घरी–घरी जुल्फीमा हात पुर्याउँथे । मात्र दुई भाई थिए । तर उनीहरुको अडर्र जतिपनि किन्न सक्छु जस्तो रवाफिलो थियो । भर्खरै शरद ऋतु परिवर्तन भए जस्तो उज्यालो चेहेरा भएकी वेटर वरिपरि घुमिरहन्थिन् ।

तरपनि उनीहरुमा कुनै प्रवाह थिएन । न हामी छेउमा बसेका अरुहरुको हेक्का थियो उनीहरुमा । लाग्थ्यो रत्नपार्कमा एउटा कलम बेच्न बसेको युवती जस्तै उनीहरु एक अर्कामा विज्ञापन गर्ने शैलीमा नै बोलिरहेका छन् । अलिक जुल्फी ठाडो पारेकाले बोल्यो । यो कोरोना भाइरस त झनै कमाउने मौका पो मिल्यो । हजार रुपैयाँको मतलब हुन छाड्यो । न मामाहरुको डर न त ग्राहककै कमी । अफ्रिकी मैयाहरुले मालामाल बनाए । अर्कोले हुँदै नभएको छोटो कपाल झड्कार्दै थप्यो । तेरो मेरो पुर्पुरोको तालुमा आलु फल्यो केटा । पहिले–पहिले नेपाली माल विकाउँदा महिनामा एक दुई पटक मामाले खोरमा हाल्थ्यो । अहिले त खुल्लम खुल्ला कुनै डर छैन । जुल्फे र ठुटे (मैले नाम राखेका) को कुराले एक मन झस्कायो । हामी केही छिन् । कुनै तमासा भइरहे जस्तो ती केटाहरुलाई नियालीरहेका रहेछौ ।

 

प्रतिक्रिया दिनुहोस