कोरोनाले उत्तर प्रदेशकी मन्त्रीको मृ,त्यु, २४ घन्टामा भारतमा थपिए झन्डै ५५ हजार संक्रमित

कोरोनाभाइरसको संक्रमण भएकी भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री रहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृ त्यु भएको हो। उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो। उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो।

मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दु:ख व्यक्त गरेका छन्। उनले आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन्।

कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जित हात पारेकी थिइन्। उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन्। यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन्।

पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृ त्यु भएको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको मृ त्यु भएको छ। अहिलेसम्म ११ लाख ४५ हजार संक्रमित निको भएका छन् भने ५ लाख ६७ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस