एक सातामा कोरोनाबाट विदेशमा २८ नेपालीको मृ,त्यु

काठमाडौं : विदेशी भूमिमा कोरोना भाइरस संक्रमणका कारण नेपालीको निधन हुने क्रम बढेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण विदेशमा हालसम्म १८९ जना नेपालीको मृ,त्यु भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सातामात्रै विदेशी भूमिमा थप २८ जना नेपालीको ज्यान गएकोे छ । समितिका संयोजक डा संजीव सापकोटाका अनुसार नेपालीको जनघनत्व बढी भएका भारत तथा खाडी मुलुकका कोरोनो जोखिम बढ्दै गएको छ । अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा। सागर पौडेलका अनुसार भारतमा मात्र यो साता २५ जनाको नि,धन भएको छ । भारतको महाराष्ट्रमा रहेका नेपाली कोरोनाबाट बढी प्रभावित छन् ।

यस साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृ,त्यु भएको छ । साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्या,न गएको छ । योसँगै संक्रमणका कारण विदेशी भूमिमा निधन हुने नेपालीको संख्या एक सय ८९ जना पुगेको हो ।

संघका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ । यूरोपेली मुलुक लग्जेम्वर्गमा ३५ नेपाली एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार पारिवारिक जमघटमा ९वैवाहिक वर्षगाँठ० मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् । सचेत भएर सुरक्षित रहन सापकोटाले सुझाएका छन् ।

समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम,बेलायत, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ ।समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको गैरआवासीय नेपाली संघको ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरण शर्माले बताए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस