कोरोनाको संक्रमणले थालिएका अमिताभ बच्चनलाइ फेरी के भयो ?

रातको अन्धकार र चिसो काठोमा, म गाइरहेको छु । आँखा निदाउने प्रयासमा छन् । वरिपरि कोही छैनन् र मलाई थाहा छ, आफूमा इच्छा शक्ति छ भने यसलाई निरन्तरता दिने स्वतन्त्रता पनि मभित्रै छ । बिरामी कति छिटो निको हुन्छ भन्ने कुरा, उपचारपछि गरिने हेरविचारले महत्त्व राख्छ । दिन बित्दै गएसँगै हामीमा (बिरामी) नयाँ–नयाँ अनुसन्धानहरू हुन थाल्छन् । यो रोगले संक्रमितमा देखिने मानसिक स्थिति र अन्य असरहरू कति अदृश्य हुन्छन् ठीक मानसिक तनावमा जस्तै बाहिरबाट नदेखिने ।

कोभिड बिरामीलाई साता दिनसम्म अस्पतालको आइसोलेसनमा राखिन्छ, दोस्रो व्यक्तिलाई हेर्न र भेट्नसम्म पनि दिइँदैन भन्ने सत्यले बिरामीमा मानसिक तनाव उत्पन्न हुन्छ । अस्पतालमा नर्स र डाक्टरहरू समय–समयमा तपाईंको उपचार र अवस्थाबारे बुझ्न आउँछन् । तर उनीहरूले पीपीई लगाएका हुन्छन् । सधैं शरीर पूरै ढाकेर आउने भएकाले उनीहरू को हुन्, विशेषता के छ, उनीहरूले कस्तो भाव प्रकट गर्दै छन् बिरामीले भेउ पाउँदैन । सबै सेता पहिरनमा रोबोटजस्तै उपस्थितिमा । चाहिने स्वास्थ्य उपचारका सामग्री राखेर उनीहरू फर्किहाल्छन् । किनभने त्यहाँ जति धेरै बस्यो संक्रमण हुने सम्भावन त्यति नै हुन्छ ।

डाक्टरहरू, जसको मार्गदर्शनमा तपाईंको हेरचाह र स्वास्थ्य अवस्थाबारे रिपोर्ट तयार हुन्छ, उनीहरू (डाक्टर) स्वयं नै तपाईंलाई आश्वासन दिन तपाईंछेउ कहिल्यै आउँदैनन् । उनीहरू मात्रै सञ्चारका वाहकजस्तो उपचारका सामग्री मात्रै पुर्‍याउन आउँछन् ।

यस्तोे परिस्थितिमा डाक्टरहरूको यो व्यवहार केही हदसम्म उचित हो । तर अझै केही अव्यवहारिक लाग्छ, पीपीईमै भए पनि नआउने भए त हामी रिमोट पद्धतिमा उपचारमा छौंजस्तो लाग्थ्यो । के यसले बिरामीमा मानसिक असर गर्छ त, मनोवैज्ञानिकहरू भन्छन्– पक्कै गर्छ । डिस्चार्जपछि संक्रमितहरूमा क्रोधको मात्रा बढ्छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस