मलेसियामा कु’टिएका नेपाली नवलपरासीका, कुट्ने सुपरभाइजरलाई का’रबाही नभए कम्पनी का’लोसूचीमा

काठमाडौं, साउन १८ । मलेसियाको एलाइड सुक्युरिटी कम्पनीमा कार्यरत नेपालीलाई मलेसियन सुपरभाइजरले नै कु’टपिट गरेका छन्।
नवलपरासीका इश्लाम हुसेनमाथि सोही कम्पनीमा कार्यरत मलेसियन सुपरभाइजर कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। उक्त कम्पनीमा कार्यरत एक नेपाली श्र’मिकले हुसेनमाथि कु’टपिट गर्ने व्यक्ति मलेसियन नगरिक भएको पुष्टि गरेका हुन्।

उता कम्पनीले भने कुटपिटमा संलग्न मलेसियन सुपरभाइजरको बचाऊ गर्दै नेपालीले नै कुट’पिट गरेको बताएको छ। नेपालीमाथि नै आरोप लगाएपछि घटनाको थप अ’नुसन्धान तथा सोधपुछका लागि कम्पनी सञ्चालकलाई नेपाली दूतावासले झिकाएको छ।

कु’टपिटमा संलग्न व्यक्ति पनि नेपाली भगौडा कामदार भएका जवाफ कम्पनीले दूतावासलाई दिएको छ। तर, भिडियोमा देखिएका व्यक्ति मलेसियन सुपरभाइजर भए पनि अरुलाई आ’रोप लगाएर उम्काउन खोजेको भन्दै का’रबाही नभए उक्त कम्पनीलाई का’लोसूचीमा राख्ने चे’तावनी वैदेशिक रोजगार व्यवसायी संघले दिएको छ।

यसका लागि मलेसियास्थित नेपाली दूतावासलाई पत्र पठाइसकिएको संघका महासचिव सुजित श्रेष्ठले बताए। कम्पनीलाई का’रबाहीको दायरामा ल्याउनका लागि मलेसियास्थित सेक्युरिटी गार्ड एसोसियसनसँग पनि कुरा गरिसकेको उनको भनाइ छ। ‘दो’षीलाई का’रबाहीको माग गर्दै हामीले नेपाली दूतावासलाई पत्र पठाइसकेका छौँ’, उनले भने, ‘सो कम्पनीलाई का’रबाहीको दायरामा ल्याउनका लागि मलेसियास्थित सेक्युरिटी गार्ड एसोसियसनसँग पनि कुरा गरिसकेका छौँ।’

उनका अनुसार श्र’मिकका संगठन पनि घटनामा संलग्नलाई का’रबाहीको दायरामा ल्याउन सहमत छन्।
गत शुक्रबार मलेसियामा नेपालीमाथि नि’र्घात कु’टपिट गरेको भिडियो सार्वजनिक भएपछि दूतावासले समेत चासो दिएको थियो। दूतावासले उक्त घटनामा संलग्नलाई कार’बाहीको दायरामा ल्याउन माग गर्दै सोमबार उजुरी दर्ता गराउने तयारी गरेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए।

‘अ’भियुक्तको बारेमा अहिले केही भन्न मिल्दैन, कु’टाइ खाने व्यक्ति नेपाली नै हुन्। सोमबार सबै विवरण सार्वजनिक गर्छौँ’, राजदूत पाण्डेले भने।-नेपाल खबरबाट

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस