बलिउड अभिनेता अमिताभ बच्चन कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, १८ साउन । बलिउडका अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको जनाइएको छ।उनका छोरा अभिषेक बच्चनले ट्वीट मार्फत अमिताभ कोरोना मुक्त भएको जानकारी दिएका हुन्। कोरोनाको संक्रमण भएको कारण अमिताभ बच्चनलाई नानावटी अस्पतालमा भर्ना गरिएको थियो।

अभिषेक बच्चनले ट्वीटरमा लेखेका छन्, मेरो बुबाको रिपोर्ट नेगेटिभ आएको छ।उहाँलाई अस्पतालले डिस्चार्ज गरेको छ । उहाँ अहिले घरमा आराम गरी रहनुभएको छ। तपाईहरुको सबै प्रार्थनाका लागि धन्यवाद।

बीबीसीका अनुसार अभिषेक बच्चन भने अझै कोरोना पोजेटिभको कारण अस्पतालमा नै छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस