आइतबार रातिदेखि लकडाउन

झापाको विर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको छ।नगर प्रहरी, कर्चमारी र सुरक्षाकर्मीमा संक्रमण देखिएकाले जोखिम बढेको भन्दै लकडाउन गर्ने निर्णय भएको मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए।

‘उहाँहरूमा संक्रमण देखिएपछि हामीले ट्रेसिङ गर्न सजिलो होस् भनेर मानिसहरूलाई घरमै बसाउन लकडाउन गर्ने भनिएको हो। यो लकडाउन अर्को सूचना जारी नभइञ्जेल लागू हुन्छ,’ उनले भने।

मयेर शिवाकोटीले थप १ सय ७० जनाको परीक्षण गर्न पठाइएको जनाएलकडाउन भएसँगै अब नगरपालिकाभित्र अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछ।विर्तामोड भएर गुड्ने लामो दूरीका सवारी साधनलाई पनि नगरभित्र रोक्न निषेध गरिएको छ।

मेयर शिवाकोटीले भने,’जस्तै भद्रपुर र काँकडभिट्टाबाट काठमाडौं, धरान जाने गाडीले हाम्रो नगरभित्र रोक्न पाउँदैनन्। यदि विर्तामोडकै मान्छे ओरोल्न छ भने पनि मुक्ति चोकमा मात्र ओरोल्न पाइन्छ।’पछिल्लो समय विभिन्न ठाउँमा संक्रमणको जोखिम बढेको भन्दै कतै लकडाउन र कतै निषेधज्ञा गरिएको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस