कोरोना : काठमाडौंमा कुनै पनि बेला डरलाग्दो स्थिति आउन सक्ने

काठमाडौं, १८ साउन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण वृद्धि हुँदै गयो भने कुनैपनि बेला डरलाग्दो स्थिति आउन सक्ने बताएका छन् ।मन्त्री ढकालले कोरोनालाई नियन्त्रण गर्न बाहिरि जिल्लाबाट उपत्यका भित्रिनेहरुलाई क्वारेन्टिनमा राख्ने र पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने जनाएका छन् । उनले सवारीसाधनमा जोर–बिजोर प्रणालीको नियम लागु गर्नुपर्ने पनि बताएका छन्।

काठमाडौंमा कोरोनाको आगो सल्कियो भने निभाउन गाह्रो हुनुकोसाथै विष्फोट हुने उनको भनाइ छ । काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गर्दा केहीमा संंक्रमण देखिएकाले सबैलाई होम क्वारेन्टिन अथवा स्थानीय क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था अनिवार्य गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस