लिपुलेक क्षेत्रमा चीनले थप्यो सेना!

काठमाडौं । पूर्वी लद्दाखमा तनाव जारी रहेकै बेला चीनले लिपुलेक क्षेत्रमा सैनिक थप गरेको भारतीय मिडियाले जनाएका छन्।

चीनले लिपुलेख नजिकैको सीमामा आफ्नो सेनाको संख्या बढाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

लिपुलेक नेपालको भूमी हो। त्यहाँ चीन, नेपाल र भारतको त्रिदेशीय सीमा छ।

हाल भारतको नियन्त्रणमा रहेको उक्त भूभागको नजिकै आफ्नो सीमामा चीनले सैनिक संख्या बढाएको हो।

हिन्दुस्तान टाइम्सको एक रिपोर्टका अनुसार चीनले लिपुलेक नजिकै पीएलएको एउटा बटालियन खटाएको छ।

सीमा क्षेत्रमा चिनियाँ सेनाहरु गत केही हप्तादेखि देखिन थालेका छन्।

लिपुलेकमा चीनले सेना थप्नुले लद्दाखबाट उ पछि हटेको भन्ने दाबी गलत हुने भारतीय मिडियाले जनाएका छन्। यसको जवाफमा भारतले पनि आफ्नो सिमानामा एक हजार सैनिक थपको समाचारमा जनाइएको छ।

लिपुलेक नजिकै चीनले आफने सीमामा एक हजार सैनिक थपेको हो।

भारतको नियन्त्रणमा रहेको लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समेट्दै अहिले नयाँ नक्सा जारी गरिसकेको छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको मामिलाका कारण नेपाल-भारत पछिल्लो समय बिग्रिएको छ।

प्रतिक्रिया दिनुहोस