उपसचिव सञ्‍जेललाई दुर्व्यवहार गर्ने दुई कर्मचारीको जागिर चट्।साथसाथै अभद्र मुद्धा पनि।

काठमाडौं/ श्रम तथा रोजगार कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्‍जेलमाथि कु,ट,पि,ट गर्ने कर्मचारी बर्खास्त भएका छन्।

शनिबार बिहान कार्यकक्षमै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि दुई जना महिला कर्मचारीले हा,तपा,त गरेका थिए। करारमा काम गर्दै आइरहेका नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई सञ्‍जेलले बर्खास्त गरेका हुन्।

उनीहरुले बिदाको दिन पनि काममा बोलाएको भन्दै सञ्‍जेलमाथि कु,ट,पि,ट गरेका थिए । करारका कर्मचारी उनीहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन्।

आफूलाई कार्यकक्षमा कु,ट,पि,ट गर्ने करारका दुई महिला कर्मचारीलाई जागिरबाट बर्खास्त गरेका छन्। बर्खास्त भएका यी दुई कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरी अ,भ,द्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर थुनामा राखी अनुसन्धान गरिरहेको छ।

घटनामा मिलापत्र गर्न सञ्‍जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको छ। शनिबार साँझ दुवै पक्षबीच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो। सञ्जेलले आफूमाथि कु,ट,पि,ट गर्नेलाई कानूनी कारवाही हुनुपर्ने अडान सञ्‍जेलले राखेपछि प्रहरीले मुद्दा अगाडि बढाएको हो।

मोरङ प्रहरीका प्रमुख एसपी खड्काले पक्राउ परेका दुवैलाई अ,भ,द्र मुद्दामा म्याद थप गरि अनुसन्धान थालिएको बताए। सञ्‍जेललाई कु,ट,पि,ट गर्ने दुवै महिला कर्मचारी करारमा नियुक्त कार्यालय सहयोगी थिए। सहन नसक्ने गरि सञ्‍जेलले अ,प,शब्द बोलेर दु,र्व्यवहार गरेको, धेरै काममा लगाउने र जिम्मा नभएको सामानको सुरक्षामाथि प्रश्‍न उठाएको आरोपसहित उनीहरुले कु,ट,पि,ट गरेका थिए।

उनीहरूले सञ्‍जेललाई पेपरवेट,सञ्‍जेलकै नेम प्लेट र पञ्‍चिङ मेशिनले हानेका थिए। दुई महिलाको कु,ट,पि,टबाट सञ्‍जेलको निधार, ओठ र हातमा चोट लागेको थियो। यता कु,टि,एका सञ्‍जेलले भ्रष्ट र कमिसनखोरको निर्देशनमा ती महिलाले आ,क्र,म,ण गरेको दाबी गरेका छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस