एक महिना देखि हराएका पंकजको शव बुलेटसँगै भेटियो

स्याङजा : फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो ।

उनको शव हड्डी भाँचिएको र मक्‍किएको अवस्था फेला परेका छ। उनले लगाएको लुगाका आधारमा आफन्तले पहिचान गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । बाबा जीवन गिरीले शवको जिम्मा लिएका छन् भने शब पोष्ट मार्टमका लागि अस्पताल लगिने तयारी भइरहेको उनले बताए ।

स्याङजाको चापाकोट नगरपालिका ५ घर भएका गिरी पोखरास्थित जनप्रिय क्याम्पसमा १२ कक्षाको परीक्षाको तयारीमा थिए । असार १८ गतेदेखि बेखबर रहेका उनको सोमबार (आज) मोटरसाइकल भेटिएको थियो।मोटसाइकल झिक्ने क्रममा गन्ध आएपछि खोजतलास गर्नेक्रममा सडेको अवस्थामा शव भेटिएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीले जनाए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस