कोरोना संक्रमण भएपछि कार्यालय सिल गरियो

नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्रोतले जनाएको छ ।

आइतबार तनहुँको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड १९ संक्रमण देखिएपछि आँबुखैरेनी गाउँपालिका तीन दिनका लागि बन्द गरिएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस