कपनमा बालिका फ्याँकिएको खबर झुट, बालगृह सञ्चालिकाको योजना पर्दाफास (भिडियोसहित)

काठमाडौं जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालैको एक घटनाले फेरि पुष्टि गरेको छ । नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पना बाहिरको विषय । तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ । घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो ।

तिनै कपनमा बेवारिसे बालिका भेटिएको खबर गलत भएको पुष्टि भएको छ । कपनमा रहेको एउटा बालगृहकी सञ्चालिकाले वेवारिसे भेटिएको भनिएकी बालिकाकी आमाले आफ्नो बच्चा फिर्ता लगेपछि यो रहस्य सार्वजनिक भएको हो ।

विदेशबाट फर्किएकी एक महिलाले जन्माएको उक्त शिशु बालगृहकी सञ्चालिका पुष्पा अधिकारीकै योजनामा चौरमा फ्याकिएको र योजना खुल्ने त्रासले अहिले बालिकालाई उनकी आमाले फिर्ता लगेकी छन । विदेशमा अवैध सम्बन्धबाट गर्भवति बनेकी ती महिलाले समाजले तिरस्कार गर्ने डरले उक्त बच्चालाई बालगृहकी संचालिका अधिकारीलाई जिम्मा लगाएकी थिइन । तर बालगृहकी सञ्चालिकाले कानुनी समस्या पर्ने डरले उक्त बच्चा झाडीमा भेटिएको भन्दै मिडियाबाजी गरेकी थिइन । केहिले बालगृह संचालिकाको यो नाटकलाई आम मानिसको सहानुभुति बटुल्ने र आर्थिक संकलन गर्ने नाटकको रुपमा समेत यसलाई संज्ञा दिएका छन । उनको नाटकीय योजना सार्वजानिक हुने डरले बालगृहबाट अहिले वेवारिसे भनिएकी बालिकाकी आमाले आफ्नी बालिका फिर्ता लिईसकेकी छन ।

प्रहरीले बालिकाकी आमा र बालगृहकी सञ्चालिकालाई नियन्त्रणमा लिएर यसको अनुसन्धान गरिरहेको छ । अहिले बालिका र उनकी आमा एउटा सामाजिक संस्थाको आश्रयमा छन । यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

चाार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलिविस्तार लगाइन् । कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् । उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मिलमतोमा घटनाको संरचना तयार पारिएको थियो ।

अहिले प्रहरीले निगरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सीसीटीभीको यो दृष्यले देखाउँछ ।चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् ।जन्मदैकी यी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ ।पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बेचबिखन गर्ने गिरोह पक्राउ परेको घटना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रियाकलाप हुन थालेपछि आशंका र चिन्ता दुबै बढाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस