यसरि गरिन्छ ९० मिनेटमै कोरोना परीक्षणको रिपोर्ट ! थाहा पाउनु होस।

एजेन्सी, २० साउन । कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने नयाँ ‘जीवन रक्षक’ कोरोनाभाइरस परीक्षण विधि निर्माण गरिएको छ । बेलायतले आगामी सातादेखि कोरोना भाइरस वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने भएको हो ।

उक्त विधिबाट कोरोना संक्रमण वा अन्य मौसमी बिरामी भन्ने सजिलै छुट्याउन सकिने बताइएको छ । आगामी साताबाट यूकेमा सुरु गरिन लागेको सो विधि निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन् । हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्नछ ।

सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ । स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले भने, – कोरोनाभाइरसको नयाँ तीव्र परीक्षणले ९० मिनेटभन्दा कम समयमा यथास्थानमै नतिजा दिएर हामीलाई कोरोनाभाइरसको लहर रोक्न मद्दत गर्नेछ।’

उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने बेलायत सरकारले जनाएको छ । आगामी सातादेखि अस्पताल तथा केयरहोमहरूमा झन्डै ५ लाख र्‍यापिड स्वाब टेस्ट उपलब्ध हुने बेलायत सरकारले जनाएको छ । यस वर्षको अन्त्यसम्म त्यस्ता किट अरू लाखौं बनाइने सरकारको भनाइ छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस