काठमाडौं प्रवेश गर्ने तीन नाकाबाट १० हजारको परीक्षण गर्दा ४० जनामा देखियो कोरोना

काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट १० हजार बढीको परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नागढुंगा, फर्पिङ र साँगा नाकाबाट १० हजार ८ सय ५३ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

जसमा नागढुंगा नाकामा १६ जना, साँगामा १३ र फर्पिङबाट संकलन गरिएको स्वाबमा ११ जनामा संक्रमण देखिएको हो।

सरकारले पछिल्लो समय उपत्यकामा संक्रमण जोखिम बढेको भन्दै यी तीन वटा नाकाबाट १० हजार जनाको परीक्षण गर्ने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस