फ्यालिएको बच्चाकी आमा रुँदै आइन्, भन्छिन् ‘बच्चा फाल्ने प्लान मेरो होइन अरुकै हो’ (भिडियो सहित)

कार्टुनमा बच्चा फेला परेको भन्दै अपनाएको बताएकी केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले गल्ती स्वीकार गरेकी छन् । उनले महिलाको अवस्थाका कारण आफुले त्यस्तो गर्नुपरेको बताएकी छन् ।

उनले आफुले बच्चाका बारेमा पहिला प्रहरीलाई जानकारी पनि गराएको बताएकी छन् । उनले बच्चा फेला पारेको भन्दै पहिला प्रहरीलाई जानकारी दिएको बताएकी छन् ।
त्यसो गर्नु मेरो गल्ती भयो, उनले भनेकी छन्, महिलाको अवस्था हेरेर मैले यस्तो गलत काम गरे । उनले आफुले पैसाको लागि गरेको भनेर आरोप लगाइएको भन्दै गुनासो गरेकी छन् । उनले आफैले पाल्ने उद्देश्यले ल्याउँदा केही समस्या हुने हो की भनेर यस्तो गरेको बताएकी छन् ।

पत्रकार कुस्लभ बच्चाको आमा संग
उनले आमा आएर बच्चा मागेपछि फिर्ता दिएको बताएकी छन् । घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो ।

कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ ।शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।
बच्चाको आमा
यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।

त्यस्तै उक्त बच्चाकी आमा मिडियामा आएकी छिन् । उनले आफुले बच्चा फालेको नभई अरु कसैको योजनामा उक्त काम भएको बताएकी छिन् । आफ्नो बच्चाको सबैलाई माया हुन्छ त्यसरी कहाँ फ्याक्न सकिन्छ र भन्दै आफु धेरै पीडित भएको बताएकी छिन् ।

पत्रकार कुस्लभ ले गरेको कुराकानी हेर्नुहोस् ।।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा gor[email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस