गाई काटेर भाग लगाउँदै गरेका चारजना पक्राउ

नेपालमा गाई राष्ट्रिय जनावर भएका कारण त्यसको ब’ध गर्नु कानुन विपरित छ । गाईको ब’ ध गर्नेलाई कानुन अनुसार का’रवाही हुन्छ । तर म्याग्दीको सदरमुकाम बेनीमा गाई का’टेर मासु भाग लगाउँदै गरेका अवस्थामा चार जना पक्राउ परेका छन् ।

लुकिछिपी रातको समयमा गाउँमा गाई का’टेर सदरमुकाम बेनीको कालिपुलमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेनी नगरपालिका ६, अर्थुङेका ४८ वर्षीय बिरबहादुर किसान, बेनपा ८,खैरेनीका ६३ बर्षिया चन्द्रे दर्जी, मालिका गाउँपालिका ५ ,घरभई कालिपुल बस्ने ३५ वर्षीय हिरा रसाईली र बागलुङको बडिगाढ गाउँपालिका–२ का ४२ वर्षीय राजु विक छन् । प्रहरीले घटनावारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

राति बेनीबजारको नजिकैको गाउँमा का’टेर सदरमुकाम बेनीमा ल्याएर भाग लगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । अभियुक्त हिरा रसाईलीको कोठमा मासु भाग लगाउँदै र पकाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जनैपुर्णीमाको दिन खान भन्दै उनीहरुले मंगला गाउँपालिकाको एउटा गाउँवाट गाई किनेर ल्याएका थिए । खैरेनीका चन्द्र दर्जीले का’ट्ने ब्यवस्था मिलाएर पछि का’टेर डोकोमा रातको समयमा बेनीमा ल्याएर राखेर विहान भाग र केहीले मासु पकाउँदै गरेका थिए ।

यो पनि, परीक्षण गराउँदा परिचयपत्र अनिवार्य – कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।

कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका विवरण झुटो र फरक पर्न थालेपछि नागरिकता वा परिचय खुल्ने आधिकारिक प्रमाणपत्र अनिवार्य गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भन्नुभयो–“कन्ट्याक्ट ट्रेसिङ्ग र ट्र्याकिङ्गका आधारमा स्थानीय तहले सङ्कलन गरी दिएको विवरणमा कतिपयको नाम, उमेर झुटो लेखाएको पाएपछि परिचयपत्र खोज्न थालिएको हो ।”

सर्वसाधारण युवादेखि कर्मचारी समेतले झुटो विवरण लेखाएको पाइएको कार्यालयले जनाएको छ । यादवले थप्नुभयो, “सम्भवतः आफूबाहेक अरु कसैले पनि जानकारी नपाओस् भनेर करिब चार÷पाँचजनाले अर्कै नाम र ठेगाना लेखाएर स्वाब सङ्कलन गराएकामा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएकाले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य गर्न लागिएको हो ।” जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको बैठकमा यस विषयबारे छलफल भएको र नाम, ठेगानासहितको विवरण सङ्कलन गर्ने स्थानीय तहलाई यसबारे जानकारी गराइएको यादवले बताउनुभयो । झुटो विवरण लेखाउने सबै व्यक्ति हाल सम्पर्कमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस