खुसिको खबर नेपालपछि पाकिस्तान, पनि जारी गर्‍यो, नयाँ, नक्सा, तनावमा, भारत

काठमाडौं। पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नयाँ नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ। पाकिस्तानको मन्त्रिपरिषद बैठकले मंगलबार देशको नयाँ नक्सालाई पारित गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्

।पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ। कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधिनमा छ।

केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ। र भारतले गत वर्षमात्र यहाँ विशेष दर्जा खारेज गरेर दुईवटा केन्द्र शासित राज्य बनाएको छ।

प्रतिक्रिया दिनुहोस