बिहिबार मध्यराति देखि लकडाउन

माेरङ / बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजे देखी ३२ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन लाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, क्लिनिक, दुधडेरी, पेट्रोलपम्प, पानिजन्य उद्योग, भेटेनरी भन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

बेलबारी नगरपालिका क्षेत्र भित्रका साप्ताहिक लाग्ने हाट बजार, नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय,बैक बित्तिय सस्था, सहकारी सस्थाबाट प्रबाहा हुने सेवा, यातायातका साधनहरु, बेलबारी नगरपालिकाका कार्यालय र सो अन्र्तगत रहेका वडा कार्यालयको दैनिक प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । यस्तै नगर क्षेत्र भित्रका स्वास्थ्य शाखा,भेटेनरी शाखा, तथा अत्यावश्यक सेवा प्रबाहा सुचारु गर्ने समेत निर्णय गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस