चितु वाको आ क्रम णबाट डेढ वर्षीय बालकको मृ त्यु

तनहुँ, २२ साउन । चि तुवाको आ क्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृ त्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । मृ त्यु भएका बालकको श व घरभन्दा केही पर भेटिएको थियो ।

जिल्लामा पछिल्लो समय बालबा लिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आ क्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । विसं २०७४ फागुन यता चितुवाको आ क्रमणबाट दश बालबालिकाले ज्या न गुमा एका छन् ।

चितुवाका आहारा प्रजाति मृ ग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस