हिरोशिमा र नागासाकी आणविक आक्रमणबाट बचेका महिलाको कथा

काठमाडौँ, २२ साउन । ७५ वर्ष अगाडि जापानको हिरोशिमा र नागासाकी शहरहरूमा अमेरिकाले आणविक बमले आक्रमण गर्दाको त्रासदीले अहिले पनि विश्वलाई सताउदै आएको छ ।

सो आक्रमणमा हिरोशिमाको ३ लाख ५० हजार जनसंख्या मध्ये करिब १ लाख ४० हजार नागरिकको मृत्यु भएको भन्ने विश्वास गरिन्छ । अर्कोतर्फ, नागासाकीमा करिव ७४ हजार जापानी नागरिकहरू मारिएका थिए ।

यस बम विष्फोटले एसियामा दोस्रो विश्वयुद्धको अन्त्य ग¥यो । जापानले १४ अगस्ट १९४५ मा आत्मसमर्पण ग¥यो । यस बम विष्फोटबाट बचेकाहरूलाई ‘हिबाकुशा’ भनिन्छ । बाँचेकाहरूले आणविक बम आक्रमणपछि शहरहरूमा विकिरण र मनोवैज्ञानिक समस्याहरू भोग्नुपरेको थियो ।

सो आणविक हमलाबाट बचेका तीन महिलासँग अन्तराष्र्टिय सञ्चारमाध्यमले तस्बीर खिच्नुका साथै कुराकानी समेत गरेको थियो ।

हिरोशियामा भएको आणविक बम हमला हुँदा तेरुको यूनो १५ वर्षकी थिइन् । उनी १९ अगस्ट १९४५ मा हिरोशिमामा भएको आणविक बम हमलाबाट बचेकी थिइन् ।

तेरुको बम विष्फोटको समयमा हिरोशिमा रेडक्रस अस्पतालको नर्सिङ स्कुलमा दोस्रो वर्षमा थिइन । बम विस्फोटपछि अस्पतालको छात्रावासमा आगो लाग्यो । तेरुकोले आगो निभाउने कोशिस गरिन, तर उनका धेरै सँगी विद्यार्थीहरू यसमा मरेका थिए ।

स्नातक पछि, तेरुकोले अस्पतालमा काम गरिन, जहाँ उनले छालाको उपचार गर्न मद्दत गरिन । बिरामीको जांघबाट छाला निकालेर अनुहारमा प्लाष्ट गर्ने कार्यमा उनीहरुले महत्वपूर्ण सफलता हारत पारे । पछि उनले टाटसयुकीसँग विवाह गरे जो पनि परमाणु बम आक्रमणबाट जोगिएका थिए ।

जब तेरुको गर्भवती भइन्, उनलाई आफ्नो हुनेवाला सन्तान स्वस्थ्य हुन्छ कि हुदैँन वा बाच्छ या बाच्दैन भन्ने कुराले चिन्तित बनायो । तेरुकोले जब छोरी टोमोकोलाई जन्म दिइन्, बच्चा राम्रो स्वास्थ्य जन्मियो त्यसपछि मात्र उनले राहतको महसुस गरिन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस