काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन थपिदो संक्रमण दरले काठमाडौं उपत्यकामा उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २५ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएका परीक्षणमा काठमाडौंका १५ जनामा र ललितपुरका २ जनामा र भक्तपुरमा १ जनामा संक्रमण पाइएको छ । यसैगरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १३ जनामा र ललितपुरमा १ जनामा संक्रमणको पुष्टि भएको छ ।

यस्तै ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जनामा र किटजन्य रोग प्रयोगशाला अस्पताल हेटौडामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका ६ जनामा र डी एण्ड डी ल्याबमा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमण फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस