३७ वर्षीय प्रमोद र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले १६ दिनमै कोरोनालाई जितेर घर फर्के

लहान, २२ साउन-कोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् । होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जितेका हुन् ।

ती दम्पतीले आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझावअनुसार नियमितरुपमा तातोपानी तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताए ।

भारतबाट परिवारसहित फर्किनुभएका राजविराजका एक वृद्धको यही साउन १ गते कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आउनुभएका यादवको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्दा साउन ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस