प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५, इलाममा पनि ४७ शसस्त्र प्रहरी संक्रमित

काठमाडौं । काठमाडौं स्थित प्रहरी प्रधान कार्यालयमा फेरी सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् । काठमाडौंको नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा कोरोना पुष्टि भएको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमित प्रहरीलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३१९ जना अधिकारी संक्रमित छन् । तीमध्ये ११९ जना निको भएर काममा फर्किसकेका छन् ।

विहिवार नै इलाममा पनि ठूलो संख्याका सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् । सशस्त्र प्रहरी बलको नं। १ गण इलाममा कार्यरत थप १६ जना अधिकारीमा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएका अधिकारीहरु छन् ।

योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना अधिकारी संक्रमित भइसकेका छन् । संक्रमित प्रहरीको विराटनगर वा धरानमा उपचारको ब्यवस्था गर्ने तयारी भइरहेको छ ।
हाल देशभर सशस्त्र प्रहरीका १५८ जना अधिकारी संक्रमित छन् । तीमध्ये ७४ जना उपचाररत छन् भने अन्य निको भएर घर फर्किसकेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस