२४ घण्टामा ३६० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा बिहिबार ३६० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गर्दा ३६० जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको २१ हजार ७५० संख्या पुगेको छ। जसमध्ये १५ हजार ३८९ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २३३ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ। यस्तै ९ हजार ४७० जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोनाबाट हालसम्म ६५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस