बालक बलात्कार गर्ने शिक्षिकलाई २० वर्ष जेल सजाय हुनसक्ने

काठमाडौँ । आफ्ना १३ वर्षीय विद्यार्थीलाई बलात्कार गर्ने शिक्षिकाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। घटना अमेरिकाको टेक्सासको हो।

बासट्रोप हाइस्कुलमा गणित पढाउने हेली पार्डी गत साता पक्राउ परेकी थिइन्। उनी १ लाख अमेरिकी डलर जमानत बुझाएर जेलमुक्त भएकी छिन्। स्थानीय अधिकारीका अनुसार मुद्दा हारेमा उनीमाथि २० वर्षसम्म जेलसजाय हुनसक्छ। यस विषयमा सुनुवाईका लागि अदालतमा मिति तय भइसकेको छैन।

प्रहरीकाअनुसार दुई वर्षअघि पार्डीले एक बालकलाई यौन दुव्यवर्हार गरेकी थिइन्। जतिबेला बालकको उमेर १३ र उनको उमेर २३ वर्ष थियो। स्कुलका प्रशासकहरुले यसबारे ९ महिनापछि अज्ञात व्यक्तिमार्फत सूचना पाएका थिए। अगस्ट २०१९ मा यस्तो सुचना पाएलगत्तै पार्डीलाई त्यही दिनदेखि बिदामा राखिएको थियो। नोभेम्बरमा सर्वसम्मत रुपमा बास्ट्रप विद्यालयको बोर्डले उनलाई बर्खास्त गर्यो।

यस्तो घटना हुनभन्दा केही महिनाअघि मात्रै उनले विद्यालयमा काम थालेकी थिइन्। ‘विद्यार्थी र शिक्षकको सम्बन्ध विश्वासको जगमा अडेको हुन्छ र जब विश्वास गुम्छ, तब यसले हामीलाई दुखित र आक्रोशित बनाउँछ,’ विद्यालयकी प्रवक्ता क्रिष्ट्री लिले भनिन्।

प्रतिक्रिया दिनुहोस