जोर बिजोर प्रणाली उल्लंघन गर्ने उपत्यकाभर ७ सय ३६ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं, २२ साउन । सरकारले आज (बिहीबार ) देखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउने निर्णय कार्यान्वयनको गर्ने क्रममा नियम उल्लंघन गर्ने सवारीसाधनलाई कंलकी चोकमा होल्ड गरिएको छ ।बिहीवार जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईए पछि १३२ सवारी साधनलाई होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएको हो ।महानगरीय प्रहरी प्रभाग कंलकी प्रमुख पुरूषोत्तम कार्कीले बिहान ५ वजे देखि ११ बजे सम्म सम्झाईवुझाई गरी छाडेको र एक वजेवाट होल्ड गर्न सुरू गरिएको बताउनुभयो ।महानगरीय ट्राफिक बृत्त महाराजगन्जका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार ६ वजे सम्म ८५ सवारीसवारी साधन होल्ड गरिएको जस मध्य ४ पाङग्रे ८ वटा रहेका छन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार उपत्यकामा ६ वजेर ३० मिनेट सम्म ७ सय ३६ वटा सवारीसाधनहरू होल्ड गरिएको जानकारी दिनुभयो ।

सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको थियो । यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस