ईण्डियन आर्मीको जवानले होटलमा एक रात बिताएर श्रीमती बनाए, पाँच वर्ष पछि ‘आफ्नो बाटो लाग’ भनेपछि युवती रुँदै मिडियामा (भिडियो हेर्नुस्)

काठमाडौं । एक जना इन्डियन आर्मीले विवाह भएको पाँच वर्ष पछि आफुलाई अलपत्र पारे भन्दै युवती रुँदै मिडियामा आएकी छन् । कपिलबस्तु चन्द्रोटामा एक युवतीले एक युवकसंग विवाह गरेकी थिइन् । भारतीय सेनामा कार्यरत मनवहादुर राना रुपन्देही जिल्लाको वासगढीमा बस्ने गर्थे । उनीसंगै यि युवतीको विवाह भएको थियो । पाँच वर्ष सम्म उनी रानाकै श्रीमतीको रुपमा बसिन् । तर उनलाई मनवहादुरले श्रीमतीको दर्जा दिएनन् । उनी पाँच वर्ष सम्म मनवहादुरकै श्रीमातीकै रुपमा घरमा बसेकी थिइन् । तर श्रीमानले विवाह दर्ता गर्न मानेनन् उनलाई श्रीमती पनि स्वीकार गरेनन् । यही विषयमा उनीहरुको मनमुटाव भयो ।

पाँच वर्ष सम्म श्रीमती बनेर बसेकी युवतीले विवाह दर्ता गरौं भन्दा म विवाह दर्ता गर्दिन तँ जे गरे पनि गर म डराउँदिन भनेर भनेको उनले बताइन् । उनले विवाह दर्ताका लागि एउटा निवेदन दिएकी थिइन् । तर श्रीमान नभई विवाह दर्ता नहुने भएकाले उनको विवाह दर्ता भएन । उनले आफु पाँच वर्ष सम्म श्रीमानकै घरमा बसेको बताएकी छन् । तर श्रीमानले विवाह दर्ता गर्न नमाने पछि भएको विवादका कारण अहिले उनी माइतीमा गएर बसेकी छन् ।

उनीहरुको प्रेम विवाह भएको हो । उनको विवाहको पनि कथा पनि रोचक छ । उनै युवकसंग विवाहको कुरा भइरहेको थियो । एक दिन उनले ति युवतीलाई आफुसंग बोलाए । उनले मनबहादुरसंग एक रात विताइन् । एक रात विताएपछि भोलीपल्ट युवतीलाई फर्केर घर जा भने । तर दिदी बहिनीले अब त्यसरी पुरुषसंग रात विताइसकेपछि माइत आउन मिल्देन उनैसंग बस भनेर पठाएका थिए । त्यसरी उनीहरुको विवाह भएको थियो । श्रीमानको घरमा सासु सुसुराहरुले बुहारीकै रुपमा पाँच वर्ष सम्म स्वीकार गरेको पनि उनले बताइन् ।

इन्डियन आर्मीमा भएका श्रीमानले पैसा समेत पठाउन्नथे । पाँच वर्ष अघि एक युवकसंग युवतीको फोनमा कुरा हुन्थ्यो । त्यो कुरालाई लिएर श्रीमानले आफुलाई त ना व दिने गरेको बताएकी छन् । उनले युवकसंग भएको फोन रेकर्ड राखेर त्यही कुरालाई लिएर अहिले सम्म पनि त ना व दिएको र विवाह दर्ता गर्न नमानेको बताएकी छन् । उनी दर्शैमा घर आउँदा पनि ससुराली आउन मन गर्थेनन् । उनीहरु विवाह पछि श्रीमान श्रीमतीको सम्बन्ध पनि भएको छैन । विवाह भएको केही दिन मात्र उनीहरुसंग राम्रो सम्बन्ध भयो । उनीहरुबीच श्रीमान श्रीमतीको सम्बन्ध भयो । तर अहिले भने उनी नेपाल आउँदा पनि सम्बन्ध राख्न मान्दैनन् । विवाह भएको दुई हप्ता पछि अर्का युवकसंग फोनमा कुरा गरेको सुनेर उनले ब्यवहार परिवर्तन गरेको बताइन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस