पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एकको मृत्यु

काठमाडौं, २३ साउन । पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्टार अस्पतालका अनुसार उनको गएराति उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको हो ।

वीरगन्ज घरका भएका पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । अस्पताल स्रोतका अनुसार ती मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।

काठमाडौं, २३ साउन । चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको रिपोर्ट सार्वजनिक भएको छ। निको भएका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टानमा राखिएको छ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स्का अनुसार संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो।

उनीहरुले गत अप्रिलबाट संक्रमण निको भएका केही मानिसहरुमाथि अनुसन्धान थालेका थिए। त्यसअनुसार ती मध्ये ९० प्रतिशत मानिसको फोक्सो अझै पनि निको नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि संक्रमण देखिएको छ। निको भएका बिरामीहरू अस्पतालबाट डिस्चार्ज भएपछि तीन महिना पछि पनि अक्सिजन मेसिनको भर पर्नुपर्ने अवस्था रहेको छ ।

उक्त रिपोर्ट अनुसार निर्देशक पेंगको टीमले १०० जना कोरोना निको भएका मानिसहरुमाथि अध्ययन गरेको थियो।

पहिलो चरणको यो अनुसन्धान जुलाईमा सकिएको र संक्रमित मानिसहरुको औसत उमेर ५९ वर्ष रहेको बताइएको छ। ९० प्रतिशतको फोक्सो ड्यामेज अवस्थामा रहेको भन्नुको अर्थ उनीहरुको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझै पनि सामान्य मानिसको जसरी काम गर्न सकेको छैन।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस