जोखिम बढ्यो, क्रिपया जोगिनुहोस् : पाटन अस्पतालमा २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौ । राजधानी काठमाडौ रहेको उपत्यकामा कोरोना जोखिम उच्च रुपमा बढेको छ । संक्रमितको मृत्यु दरपनि बढेको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्युसँगै त्रास झनै बढेको हो । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कु’कु’रले टो’के’पछि अस्पताल भर्ना भएका थिए ।

यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ । योसँगै ललितपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पछिल्लो २४ घण्टामा पाटन अस्पतालमा मात्र ३ जनाको मृत्यु भएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस