केही दिनदेखि मुटु दुख्‍ने र खुट्टा सुनिने समस्या भएकोले अस्पताल भर्ना गरिएको हो।

साउन २३, काठमाडौं : सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन्। दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भएका हुन्।

डिल्ली बजारस्थित कारागारका जेलर गणेश आचार्यका अनुसार केही दिनदेखि मुटु दुख्‍ने र खुट्टा सुनिने समस्या भएकोले अस्पताल भर्ना गरिएको हो। सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी पाँच वर्ष अगाडि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद हुन्।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्। अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो।

गएको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस