दमक । जंगली हात्तीको आ’क्रम’णबाट कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीमा एक व्यक्तिको मृ’त्यु भएको छ ।
शुक्रबार बिहान ४ बजेतिर हात्तीको आ’क्रम’णमा परी नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले रेग्मीलाई कु’ल्चि’एर मा’रेको हो ।
हात्तीले उनको टिनको छाना र बाँसको टाटीबेरा भएको घरसमेत भ’त्काएको छ । हात्तीको आ’क्रम’णमा परेका रेग्मीको घ’टनास्थलमै मृ’त्यु भएको थियो ।