मलेसियामा कु;टाइ खाने ‘पी,डित’ सुरक्षा गार्ड ‘गम्भीर’ अपराधको आरो,पमा प,क्राउ

काठमाडौं। मलेसियामा कुटाइ खाएका नेपाली सुरक्षा गार्ड ‘गम्भीर’ अपʼराधको आʼरोपमा पʼक्राउ परेका छन् । मलेसिया प्रहरीको क्रिमिनल इन्भेʼस्टिगेसन डिपार्टमेन्ट (सीआइडी)ले उनलाई यौन हिंʼसाको आʼरोपमा पʼक्राउ गरेको त्यहाँका एसीपी निक रोस अझान निक अब्दुʼल हमिदलाई उद्धृत गर्दै मलेसियाकिनीले जनाएको छ । उनले त्यहाँको एक मलको लिफ्टमा ४० वर्षकी इण्डोʼनेसियाली नागरिक महिलालाई यौʼ नजन्य रुपमा अभद्र व्यʼवहार गरेको समाचारमा जनाइएको छ ।

उनले यो यौʼनहिंʼसा ७ जुलाइमा सुपरभाइजरको कुʼटाइ खानुभन्दा पहिल्यै गरेका थिए । ती महिलाले लिफ्ट पर्खेर बसेको बेलामा ती सुरʼक्षा गार्डले महिलाको नितम्बमा हात हालेको समाचारमा जनाइएको छ । त्यसपछि ती सुरक्षागार्ड महिलाको पछिपछि लिʼफ्टभित्रै गएर उनका गोप्य र संʼवेदनशील अंʼगहरुमा हात हालेको मलेसियाकिनीले एसीपी निकलाई उʼद्धृत गर्दै लेखेको छ । पीडित महिलाले ती गार्डलाई लात्तीले हानेको समेत एसीपी निकले बताएका छन् ।

बुधबार साँझ साढे ५ बजे वाङसा माजु पुलिस स्टेशनमा बयान दिए गएपछि ती २६ वर्षका सुरक्षा गार्डलाई पʼक्राउ गरिएको हो । उनलाई क्वाʼलालम्पुर पुलिसको डी ११ शाखामा राखिएको छ । यो शाखा सीआइडीको मातहतमा छ र यो शाखामा खासगरी यौʼनजन्य हिंʼसा, घरेलु हिंसा र बालबालिकामाथिको हिंसाको अनुʼसन्धान हुन्छ ।

ती सुरक्षा गार्डले महिलालाई यौʼन हिंʼसा गरेपछि महिलाले उनको सामना गरेको र पछि उनले महिलासँग माफी मागेको रिपोर्टमा जनाइएको छ । ती महिलाले सुरक्षा गार्डले माफी मागेपछि कुनै पुलिस रिपोर्ट गरिनन् तर सुरक्षा गार्डका सुपरभाइजरले यो घटनाबारे थाहा पाएपछि महिलालाई जानकारी नदिइ ती सुरक्षा गार्डलाई सजाʼय दिनको लागि उनलाई कुʼटेको एसीपी निक रोसले बताए ।

यौन हिंसाको घटना कहिले भएको थियो भन्ने प्रस्ट भइसकेको छैन । मलेसियाकिनीको एक रिपोर्टमा यो घटना जुलाइ महिनामै भएको उल्लेख छ । फ्रि मलेसिया टुडेको अर्को रिपोर्टमा भने यो घटना केही महिना अगाडि भएको उल्लेख छ । प्रारʼम्भिक अनुसन्धानमा अधिकारीहरु ती सुरक्षा गार्ड को हुन् भन्ने बारेमा जानकार थिएनन् र उनलाई कानुनी सहयोग गर्नको लागि बाहिर आउन आʼग्रह गरेका थिए ।

५ अगष्टमा ती सु,रक्षा गार्ड बयान दिनको लागि वाङसा माजु जिल्ला प्रहरी कार्यालय गएका बेला पुलिसले उनलाई कथित यौ,न हिं,साको अनुसन्धानको लागि भन्दै हिरा,सतमा लिएको उनकी वकिल सुमिता शान्तिनी कृष्णाले बताएकी छिन् । सुमिताका अनुसार सुरक्षा गार्डले यौ,न हिं,साको आ,रोप अस्वी,कार गरेका छन् ।-डिसीनेपालबाट।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस