एयर ईण्डियाको विमान दुर्घटनामा पाइलटको मृत्यु

काठमाडौं । भारतको केरलामा भएको १९१ यात्रु सवार विमान दुर्घटनामा एक पाईलटको मृत्यु भएको छ। दुबईबाट यात्रु लिएर आएको एयर ईण्डियाको बोईंग–७३७ विमान केरलाको कोझिकोडे विमानस्थलमा दुर्घटना भएको थियो ।

उक्त विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए। उक्त विमान ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। विमान दुई टुक्रा भएको छ तर यसमा आगलागी भने भएको छैन्।

उद्धारको काम जारी रहेको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस